बलरामको नयाँ कृति

समाधान संवाददाता २०७८ असोज २४ गते ९:१०

पोखरा ।
कवि बलराम तिमिल्सिनाको नयाँ कृविता कृति ‘नेपाली एक हुनुपर्छ’ सार्वजनिक भएको छ । १ सय २८ कविता रहेको कृति सरस्वती तिमिल्सिनाले प्रकाशन गरेकी हुन् ।


उपाध्यायको यो चौथो कृति हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले शनिबार पुस्तक लोकार्पण गरे । उनले नेपाली साहित्यको श्रीवृद्धिमा नयाँ, पुराना सबै खालका सर्जक क्रियाशील रहेको बताए । उनले नेपाली कला, साहित्य र संस्कृति संरक्षणको दायित्व सबैको भएको उल्लेख गरे ।


प्राडा रविलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कवि माधव वियोगी, पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुली, नागेन्द्र रानाभाट लगायतले बोलेका थिए ।कवि उपाध्यायले कवितामाफत् नेपालीलाई एकीकृत हुन र कला, साहित्यको संरक्षणको सन्देश दिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया