उद्योग मन्त्री हमालले राजीनामा दिने

समाधान संवाददाता २०७८ असोज २४ गते ९:३८

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

हमाल २२ असोजमा मन्त्री नियुक्त भएका थिए । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी दिएको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया