गजेन्द्र हमालले राजीनामा दिए, उनकै भाइ प्रदेशमा आजै वन मन्त्री बन्दै

समाधान संवाददाता २०७८ असोज २४ गते ११:३९

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आज बिहान दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । गजेन्द्रले राजीनामा दिएपछि कांग्रेसले उनकै भाइ सुरेन्द्र हमाललाई आजै लुम्बिनी प्रदेशमा मन्त्री बनाउने भएको छ ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै उद्योगमन्त्री गजेन्द्र हमाल र प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भएको छ । सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वचित सांसद हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया