आज बागमतीमा मुख्यमन्त्री शाक्यले राख्नेछिन् विश्वासको मतको प्रस्ताव

समाधान संवाददाता २०७८ असोज २४ गते ११:३१

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आइतबार बस्दैछ । दिउँदो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको हो। आइतबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। आइतबार विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता हुनेछ, तर यसको छिनोफानो भने दसैँपछि मात्रै हुने जनाइएको छ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ। नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेकाले शाक्यले विश्वासको मत लिनुपर्ने भएको हो।

बागमती प्रदेशसभाका कुल १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई विश्वासको मतका लागि ५५ सांसदको समर्थन चाहिन्छ। नेकपा एमालेसँग जम्मा ४३ सांसद छन्।

Advertisement

बागमती प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन्। विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका दुई र एकजना स्वतन्त्र सांसद बागमती प्रदेशमा छन्।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया