वडा कांग्रेसलाई ५० लाख दिँदै लीलाभक्त

समाधान संवाददाता २०७८ असोज २४ गते ११:४१
दुई वटा श्रीमतीका साथमा लीलाभक्त आचार्य ८४ पुजापछि तस्विर खिचाउदै ।

पाेखरा ।

प्रजातन्त्रका सेनानी तथा समाजसेजी लिलाभक्त आचार्यले नेपाली कांग्रेसकाे वडा नम्बर १७ काे समितिलाई ५० लाख रुपैया दिने भएका छन् । कांग्रेसकाे वडा कार्यालय भवन निर्माणकाे लागि आचार्यले साे रकम दान गर्न लागेका हुन् ।

आजै कांग्रेसकाे वडा समितिले आचार्यलाई अभिनन्दन गर्ने कार्यक्रम राखेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचार्यलाई अभिनन्दन गर्दैछन् । साेही अभिनन्दन समाराेहमा आचार्यले साे रकम हस्तान्तरण गर्ने एक कांग्रेस कार्यकर्ताले जानकारी दिए ।

Advertisement

आचार्य पुराना कांग्रेस कार्यकर्ता हुन् । ९३ वर्षीय आचार्य अझै पनि समाजसेवा सकृय छन् ।

Advertisement

तपाईको प्रतिक्रिया