विवादले निम्त्याएको गोली काण्ड

समाधान संवाददाता २०७८ असोज २५ गते ९:४६

रुपन्देही – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।आइतबार बिहानैबाट सुरु भएको तनाव अन्ततः गोली चलेर ४ जनाको मृत्युसम्म पुग्यो । घटनामा ४० जना धेरै घाइतेहरू अहिले अस्पताल उपचारको रहेको छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड १७ र १८ पर्ने मोतीपुर क्षेत्रमा प्रशासनले अतिक्रमण जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा बिहानै तनाव सुरु भएको थियो ।

स्थानीयका अनुसार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो। टहरा हटाउने क्रममा स्थानीय सुकुम्वासीले सुरुमा जनपथ प्रहरीको सानो टोलीमाथि आक्रमण गरेका थिए । त्यसपछि भएको झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।

Advertisement

तपाईको प्रतिक्रिया