डोबाटे विश्वकर्मा आज मन्त्री नियुक्त हुँदै

समाधान संवाददाता २०७८ असोज २५ गते १०:१३

पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद डोबाटे विश्वकर्मालाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने भएका छन् । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्यमन्त्रीसँग सहमति लिइसकेका छन् ।

विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीयमन्त्रीको रूपमा शपथ लिने दोबाटेले पुष्टि गरे । समाधानसँग कुरा गर्दै भने, ‘आज ५ बजे शपथ लिने कुरा छ । विनाविभागीयको शपथ लिएर पछि जिम्मेवारी तोक्ने जानकारी आएको छ ।’

प्रदेशमा मन्त्रीपरिषद विस्तारका बेला दोबाटेको नाम पनि मन्त्री बन्नेको लिस्टमा थियो । पछि उनको नाम काटेर उनलाई संसदको कुनै एक समितिको जिम्मा दिने आन्तरिक छलफल चलेपनि डोबाटेले त्यसलाई अस्विकार गरिदिएका थिए ।

Advertisement

कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

Advertisement

तपाईको प्रतिक्रिया