फिजिकल ट्रेनिङमा शुभकामना

पोखरा ।
नेपाल फिजिकल ट्रेनिङ एसोसियसन क्षेत्रीय समिति पोखराको आयोजनामा दसैं, तिहार, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । एसोसियसन केन्द्रका अध्यक्ष मीनबहादुर गुरुङले एसोसियसनले कोरोना महामारीका कारण विभिन्न सामाजिक काम गर्न नसकेको जनाउँदै महामारी साम्य हुदै गए संस्थाले आगामी कार्ययोजनाअघि बढाउने बताए । उनले सबै सदस्यलाई सजकताका साथ चाडपर्व मनाउन आग्रह गरे ।
समितिका संरक्षक याम गुरुङले संस्थाको हकहितका लागि सोच्न आग्रह गरे । समिति पोखरा क्षेत्र अध्यक्ष गजबहादुर गुरुङले समितिमा आवद्ध रहेर ट्रेनिङमा सहभागिता जनाएका प्रशिक्षार्थी कोही कसैलाई पनि कोरोनाले छुन नसकेको दाबी गरे ।
कार्यक्रममा क्षेत्रीय समिति धरान, काठमाण्डौ, बुटवल, दाङका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा समितिका महासचिव केहरसिंङ गुरुङ र सचिव जितबहादुर गुरुङले पनि बोलेका थिए ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया