लेकसाइडको फुटट्र्याकमा सरसफाइ

समाधान संवाददाता २०७८ असोज २५ गते ११:२९

पोखरा ।
हल्लनचोकदेखि गैह्राको चौतारोसम्मको फुट ट्रयाकमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पदयात्रासँगै आइतबार सरसफाइ गरेको छ । अभियानकर्ताहरुले आइतबार फेवा किनारमा टिम बनाएर सरसफाईसँगै पदयात्रा गरेका हुन् ।


१ सय २५ जनाको सहभागितामा फुट ट्रयाकमा रहेका १५ बोरा फोहोर संकलन गरिएको महाअभियान संयोजक राम पौडेलले जानकारी दिए । टोलीमा गण्डकी प्रदेशका नव, वातावरण तथा भू– संरक्षण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, खहरे आमा समूह अभियान महिला समूह, राइजिङ स्टार युथ क्लबका प्रतिनिधि थिए ।


सरसफाइले लेकसाइडको सौन्दर्य बढाउनले भएकाले अभियानकर्ता यस्तो काममा सरिक हुने बताए । नागरिक समाज कास्कीका पूर्व संयोजकसमेत रहेका पौडेलले भने, ‘अब अर्को कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव तथा मन्त्रिलाई पदयात्रा गराउने अभियानको योजना छ ।’

Advertisement

तपाईको प्रतिक्रिया