घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको मृत्यु

समाधान संवाददाता २०७८ असोज २५ गते १५:५१
तस्बिर : pokharaviews.com

पोखरा । पर्यटकीय गाउँ घान्द्रुकमा आज जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँचेका छन् ।

Advertisement

ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो । पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।

उक्त घटनाको पुष्टि गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफूहरु घटनास्थलतर्फ गइरहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया