ब्रेक फेल हुँदा, ८ जनाकाे ज्यान गयाे

पाेखरा -पोखराको पर्यटकीय गन्तव्य घान्द्रुक असोज १ गतेसम्म बन्द थियो । घान्द्रुक जाने बाटो मर्मतसम्भारको काम चल्दै थियो । काम सोमबार दिउँसो पनि चलिरहेको थियो । कलाभीरको उकालो सोलिङको काम चलिरहेको थियो ।
ठीक त्यही बेला कलाभीरको उकालो चढ्दै एक जिप जान्छ । सडकका कर्मचारीले त्यस जिपलाई केही बेर ‘होल्ड’ गर्न भन्छन् । ९ जना यात्रु सवार त्यो जिप रोकिइराखे पनि केही बेरमै ब्रेकले काम गर्न छाड्यो । जिप पछाडितिर हुत्तियो । ‘बाटो बनाइरहेकाले एकछिन होल्ड गर्न भनिएको रहेछ, ब्रेकले काम नगरेपछि गाडी लड्यो,’ स्थानीय अमृत गुरुङले भने ।
यसरी गाडी लड्दा घटनास्थलमै सोमबार ८ जनाले ज्यान गुमाए । १ युवती भने सकुशल छिन् । काठमाडौ ं गाेंगबुकी २० वर्षीया देविका घिसिङ घाइते भएकी हुन् । भीरमा अड्किएकी उनको बाँया हात र नाकमा चोट लागेको छ । देविका काठमाडौ ंको ट्रिनिटी कलेजको
कक्षा १२ की विद्यार्थी हुन् । दसै ं बिदामा घुम्न आएकाउनको टोलीले पोखरामा मृत्यु खेप्नुप¥यो । देविका भने बाँचिन् । उनका ठूलाबुबा मेघ लामाका अनुसार देविका लगायतको टोली आइतबार पोखराका लागि निस्केको थियो । ‘आइतबार गएका हुन्, धन्न देविकालाई केही भएनछ, दोस्रो जुनी पाएकी छन्,’ देबिकाका ठूलाबुबा मेघले भने । कास्की अन्नपूर्ण गाउँपालिका १० कलाभीरमा जिप खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । कास्की अन्नपूर्ण गाउँपालिकाको नयाँपुलबाट घान्ुक जाँदै गरेको ग१झ ६९०० नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा १ स्थानीय चालकसँगै ७ जना काठमाडौ ंका हुन् ।
अन्नपुर्ण ५ नयाँपुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौ महानगर ३ गो ंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशीष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गो ंगबु बस्ने बर्ष २७ का विनय क्षेत्री छन् । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार गाडीले क्षमता अनुसारकै यात्रु बोकेको थियो । १० यात्रु बोक्न सक्ने जिपमा ९ जना सवार थिए । भीरबाट करिब २ सय मिटर तल गाडी खस्दा दुर्घटना भएको प्रहरीले
जनाएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया