दसैंका बेला दुखद घटना

मुगुमा दर्दनाक बस दुर्घटना, २६ काे मृत्यु, २० भन्दा बढी घाइते, केहीकाे अवस्था चिन्ताजक

समाधान संवाददाता २०७८ असोज २६ गते १६:१६

पाेखरा ।

देशकाे पश्चिम भाग मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँबाट बस २ सय मिटर तल खसेको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि हिडेकाे भे १ ख ३१६७ नम्बरको बस दिउसाे दुर्घटनामा परेको हो । स्थानीयलाई उल्लेख गर्दै प्राप्त भएकाे समाचार अनुसार बसमा यात्रा गरेका मध्ये थप २५–२६ जना घाइते छन् । उनीहरु मध्ये केहीकाे अवस्था चिन्ताजक छ ।

Advertisement

घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिदैछ । सुर्खेतबाट सेनाको हेलिकप्टर पठाएर गम्भीर घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल लगिदै गरिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया