फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने, नेपाल नफर्कने

समाधान संवाददाता २०७८ असोज २७ गते २०:४१

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् ।

नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी आक्रामक भएर प्रस्तुत भए र आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे ।

उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए

Advertisement

तपाईको प्रतिक्रिया