साफ च्याम्पियनसिप प्रतियाेगिता

आज नेपाल–भारत उपाधीका लागि भिड्दै

समाधान संवाददाता २०७८ असोज ३० गते ७:३२

पाेखरा ।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिस्पर्धा आज हुँदैछ । देशकाे फुटबलमा इतिहास काेर्दै पहिलाे पटक फाईनलकाे यात्रा तय गरेकाे नेपालले उपाधीका लागि दक्षिण एशिया कै बलियाे टिम भारतकाे सामना गर्दै छ ।

साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली चीरप्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टिम हो ।

Advertisement

खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे जानकारी दिएका थिए।

Advertisement

प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए ।

कप्तान किरणले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने आशा देखाए ।

‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले दुई वर्ष टिसी स्पोट्र्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुशी लागेको छ र आशा छ नेपालकै समर्थनमा आउनुहुनेछ । हामी इतिहास रच्न खेल्नेछौं’ उनले भने ।

तपाईको प्रतिक्रिया