पोखरामा भ्यानकाे ठक्करबाट एकको मृत्यु

समाधान संवाददाता २०७८ असोज ३१ गते १३:४४

पाेखरा । भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ बुढीबजार नजिक शनिबार बेलुका ४ बजेकाे समयमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुर्य बहादुर क्षेत्रीकाे मृत्यु भएको हाे ।

मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ मिजुरे डाँडाका ४७ वर्षिय हुन् । पछाडी सवार सन्दिप केसी घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नं. को मोटरसाइकललाई ठक्कर दिएकाे कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया