बस पल्टिदा ४२ जना घाइते

समाधान संवाददाता २०७८ कार्तिक १ गते १४:४३

महेन्द्र – महेन्द्र राजमार्गकाे अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा पल्टिएको हो ।
घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पताल र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया