मुस्ताङसहित १२ जिल्लामा सिडिओ परिवर्तन

समाधान संवाददाता २०७८ कार्तिक १ गते १८:५४

सरकारले १२ जना सिडिओको सरुवा गरेको छ ।गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ जना सिडियोको सरुवा गरेको हो ।

सरकारले मुस्ताङका सिडिओ श्रीनाथ पौडेलसहित १२ जिल्लामा कार्यरत सिडिओहरुलाई एकैसाथ सरुवा गरेको हो । मन्त्रालयका अनुसार मुस्ताङका सिडिओ श्रीनाथ पौडेललाई सहायक सिडिओको रुपमा रोल्पा सरुवा गरिएको छ । उनको स्थानमा ईलाका प्रशासन कार्यालय चन्द्रौटा ,कपिलवस्तुबाट नेत्रप्रसाद शर्मालाइ मुस्ताङको सिडिओको जिम्मेवारी तोकिएको छ । गत असारमा मुस्ताङको सिडिओको रुपमा कार्यरत पौडेलको ४ महिनामै सरुवा भएको हो ।

यस्तै, गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

Advertisement

वेदनिधी अधिकारीलाई डोल्पा र विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमन्त्रालय तानिएको छ ।
राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया