विराटनगर जलमग्न

समाधान संवाददाता २०७८ कार्तिक ३ गते १०:४०

विराटनगर – निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण विराटनगरका १९ वडा वडा जलमग्न भएको हो ।

विराटनगरका १९ वडामध्ये १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

विमानस्थल डुब्यो

Advertisement

केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

Advertisement

तपाईको प्रतिक्रिया