एमालेकाे स्थायी कमिटी बैठक भाेलि

समाधान संवाददाता २०७८ कार्तिक ३ गते १५:२७

काठमाडाैं ।

नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया