राजनिति

चुनाव गराउन बर्तमान सरकारको विकल्प छैन ःपूर्व मन्त्री पोख्रेल

पूर्व मन्त्री पोख्रेलले मुक्तिनाथ मन्दिर लगायतका ठाउहरुको अवलोकन गर्ने

सुन्दरकुमार थकाली २०७८ कार्तिक ३ गते १७:०८
पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गिरिराजमणी पोखरेल जोमसोम अस्पतालका स्वास्थ्यकर्मी संग फोटो खिचाउदै । तस्विर ःसुन्दरकुमार थकाली


जोमसोम—पूर्व स्वास्थ्य बिज्ञान तथा प्रविधि , पूर्व शिक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य गिरिराजमणी पोख्रेलले बर्तमान सरकारलनै आगामी ३ तहको निर्वाचन गर्ने बताएका छन् ।पारिवारिक धार्मिक भ्रमणको शिलशिलामा बुधबार मुस्ताङ आएका पूर्व मन्त्री पोख्रेलले मुस्ताङका पत्रकारसंग कुराकानी गर्दै यदी राजनितीलाई स्वच्छ ढंगले अघि बढाउने हो भने बर्तमान सरकारबाहेक अर्को कुनैपनि सरकारले निर्वाचन गर्न नसक्ने ठोकुवा गरे ।
पूर्व मन्त्री पोख्रेलले पूर्व ओली नेतृत्वको सरकारले २÷२ पटक संविधान बिपरित प्रतिनिधि सभा बिघटन गरेर प्रतिगमन निम्त्याएको र त्यसको बिरुद्ध ५ दलिय गठबन्धनले आन्दोलन अघि बढाएको उल्लेख गरे । सर्वोच्च अदालतले सविधानको रक्षा गर्दै प्रतिनिधि सभा बिउत्याएर बर्तमान सरकार निर्माण भएको उल्लेख गर्दे पूर्व मन्त्री पोख्रेलले सर्वोच्चको फैसला र जनताले दिएको जनादेशलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

‘कांग्रेसले नपाउने अवसर पाएको छ ,पूर्व मन्त्री पोख्रेलले भने ,‘ गठबन्धनको साझा आचार संहित बनाएर बर्तमान सरकारको गतिबिधि अघि बढाउनु पर्ने हुन्छ ।’ पूर्व मन्त्री पोख्रेलले सरकारमा सामेल बर्तमान ५ दलिय गठबन्धनलाई निर्वाचनसम्म लैजान आवश्यक रहेको बताए ।
तपाईको मुस्ताङ भ्रमण केका लागि भन्ने बिषयमा पत्रकारले सोधेको प्रश्नमा पूर्व मन्त्री पोख्रेलले हिमाली जिल्ला मुस्ताङको महत्वपूर्ण परिचय र पहिचान रहेको उल्लेख र त्यसलाई नजिकबाट नियाल्न मुस्ताङ आएको जनाए ।पूर्व मन्त्री पोख्रेलले मुक्तिनाथ मन्दिर लगायतका ठाउहरुको अवलोकन गर्ने उद्देश्य रहेको बताए ।

मन्त्री पोख्रेलले नेपाल सरकारबाट छात्रबृद्धि पाएर डाक्टर बनेकाहरुलाई दुर्गम र सुगममा १÷१ वर्ष सेवा गर्नुपर्ने प्रावधान लागु गरेको र त्यसले हालसम्म निरन्तरता पाईरहेको उल्लेख गरे ।उनले जिल्ला अस्पताल जोमसोमको अवलोकनका क्रममा स्वास्थ्य समस्या हल गर्न तीन तहकै सरकार मिलेर समन्वय र सहकार्य गर्नुपर्ने सुझाए । पूर्व मन्त्री पोख्रेलले आफ्नो मुस्ताङ भ्रमण पारिवारिक भ्रमण भएको यस क्रममा आफुले यहाबाट केही सिक्न,बुझ्न र केही सहयोग गर्नुपर्ने काम रहेछन भने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

Advertisement

पूर्वमन्त्री पोख्रेलको पारिवारिक टोली पोखराबाट बेनी हुदै बुधबार साझ मुस्ताङ आउदैछ । पूर्व मन्त्री पोखरेल भने पोखरा—जोमसोम हवाई सेवा मार्फत बुधबार जोमसोम आईपुगेका हुन् ।मुस्ताङ आउने क्रममा पूर्व मन्त्री पोख्रेलले जिल्ला अस्पताल जोमसोमको निरीक्षण गरेका छन् ।उनले जोमसोम अस्पतालका मेसु मनोज घिमिरेसंग अस्पतालको समस्या र चुनौतीका बिषयमा जानकारी लिएका छन् ।यस्तै, बुधबारनै पूर्व मन्त्री पोख्रेलले थासाङ—३ लेतेमा रहेको धौलागिरि प्राविधिक शिक्षालयको समेत अवलोकन गरेको जिप्रका मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया