नेकपा एसको सल्लाहकारमा कास्कीका ३

समाधान संवाददाता २०७८ कार्तिक ३ गते १८:०३

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले कास्कीका ३ जनासमेत समेटेर १५४ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल, केशरमणि पोखरेल, लोककृष्ण भट्टराईदेखि पूर्व माओवादी पुण्य गौतमसमेत छन् ।

कास्कीबाट पुराना नेता हरि पौडेल, मदनकाजी श्रेष्ठ र दलबहादुर गुरुङ परिषद् सदस्य चुनिएका छन् । सल्लाहकार परिषद्मा नेकपा एसले मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, २०४८ पछि कम्युनिष्ट राजनीतिबाट अलग्गिएका बद्रीप्रसाद खतिवडा (विरोध खतिवडाका पिता), गजलकार बुँद रानालगायतलाई समेटेको छ ।

गोरखाका रज्मदिन मिया र कृष्णमान श्रेष्ठ, नवलपुरका भोजराज भट्टराई, तनहुँका रामबहादुर अधिकारी, लमजुङका मातृका खनाल र लीलाधर सापकोटा, स्याङ्जाका गुमानसिंह थापा, टेकु नेपाली परिषद सदस्य भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया