च्याम्पियन लिगः बार्साकाे पहिलाे जित

समाधान संवाददाता २०७८ कार्तिक ४ गते ८:३८

एजेन्सी ।

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई १–० ले पराजित गरेको हो ।

बार्सिलोनाले च्याम्पियन्स लिगमा यो सिजन पहिलो जितसँगै पहिलो गोल पनि गरेको छ । ३६ औँ मिनेटमा जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोनाले जित निकालेको हो ।

Advertisement

जितपछि तीन खेलबाट तीन अंक जोडेको बार्सिलोना समूहको तेस्रो स्थानमा उक्लिएको छ । सोही समूहको अर्को खेलमा बार्यन म्युनिखले बेन्फिकालाई ४–० ले पराजित गरेको छ । तीन खेलमा लगातार जित निकालेको बार्यन म्युनिख ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

बुधबार राति भएका अरु खेलमा आरबी साल्जबर्गले वुल्फबर्गलाई ३–१, चेल्सीले माल्मो एफएफलाई ४–० तथा युभेन्टसले जेनिट सेन्ट पिटर्सबर्गलाई १–० ले पराजित गरेको छ । यस्तै लिले र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया