भारतीय सैनिक मुस्ताङमा
‘नेशनल डिभेन्स’ कोर्शमा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको हाे

जोमसोम—जम्बो भारतीय सैनिक टोली मुस्ताङआईपुगेको छ ।भारतीय सेनाको रियर एड मिरल धिरेन भिकको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहिबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टर मार्फत मुस्ताङ आईपुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । भारतको नया दिल्ली स्थित नेशनल डिभेन्स कलेजमा संञ्चालित ‘नेशनल डिभेन्स’ कोर्शमा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरे ।
मुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवलोकन भ्रमणका आएको भारतीय टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ । जिल्ला प्रहरी मुस्ताङले भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टापछि पुन काठमान्डौं फर्किने जनाएको छ ।
कोरोनाको दोश्रो भेरियन्टको प्रभाव मत्थर हुदै गईरहेको र जिल्लामा जारी निषेधाज्ञा समेत खुकुलो बनेपछि केही हप्ता अघि युरोपियन युनियनकी राजदुत नोना डिप्रेज मुस्ताङ आएकी थिईन् भने अघिल्लो हप्ता मात्र स्विजरल्याण्डकी राजदुत एलिजावेथ भोन क्याप्लरको टोली उपल्लो मुस्ताङ पुगेको थियो ।
यस्तै , ऐतिहासिक मानव सम्भयता अन्वेषण,नक्साङ्कन,उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनका लागि पुरातत्व विभागको उपस्थितीमा विदेशी टोली उपल्लो मुस्ताङ पुगेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया