नेपालीको रोजाइ मुस्ताङ

जोमसोम ।
मुस्ताङमा अहिले आन्तरिक पर्यटकको घुइँचो छ । सरदको मौसम र चाडवाडको बिदा मिलाएर नेपाली घुम्न मुस्ताङ आएका हुन् ।
मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला भएको र मुस्ताङ आउने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट वा खोप कार्डका आधारमा जिल्ला प्रवेश दिइएपछि यहाँ आउनेहरु बढेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले घटस्थापनादेखि बुधबारसम्म ३ हजार ९ सय २० सवारी साधन मुस्ताङ भित्रिएको जानकारी दिए ।
यो अवधिमा १७ हजार ६ सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आएका छन् । पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्ट कम हुँदै गएकाले मुस्ताङ घुम्ने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट अथवा खोप कार्डको आधारमा जिल्ला भ्रमण गर्न सहज भएको उनले बताए ।
यसरी घुम्न आउनेमा अधिकांश युवायुवती छन् । मुस्ताङ उद्योग बाणिज्य संघ अध्यक्ष खगेन्द्र तुलाचनले लामो समयदेखि कोरोना कहरका कारण सुस्ताएको मुस्ताङको पर्यटनले ढिलै भए पनि क्रमशः गति लिँदा उत्साहित भएको सुनाए । । उनले दसैंअघिको सोह्र श्राद्ध सेरोफेरोमा मुक्तिनाथ खोल्न ढिलाई हुँदा अपेक्षा गरे अनुसार पर्यटक आउन नसके पनि मुक्तिनाथ खुला भएसँगै मुस्ताङले आन्तरिक पर्यटक निकै पाएको बताए ।
बेनी—जोमसोम सडक बेमौसमको वर्षाले असहज हुँदा पर्यटकले निकै सास्ती व्यवहोर्नु परेको छ । कतिपय पर्यटक जिपमा आएका छन् भने धेरै युवायुवती मोटरसाइकलमा आएका छन् । मुस्ताङ घुम्न आएकाहरु मुक्तिनाथ दर्शनसँगै कोरला नाकासम्म पुग्ने गरेका छन् ।
सोमबार र मंगलबारको वर्षाले बेनी जोमसोम सडकमा सवारी फस्दा बारम्बार जाम हुने गरेको छ । निर्माण कम्पनीको ढिलाइ र सरोकारवालाको बेवास्ताका कारण बेनी—जोमसोम सडक लथालिङ छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया