मुस्ताङको मार्फामा पक्की पुल नबन्दा पर्यटकलाई सास्ती

पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरे

सुन्दरकुमार थकाली २०७८ कार्तिक ४ गते १४:२६
अविरलको बर्षाले मार्फा खोलाको अस्थायी पुल बगाउदा सवारी साधनलाई सास्ती ः तस्विर ः टिकाराम भण्डारी

जोमसोम— अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ—२ मार्फामा अस्थायी काम चलाउ पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यवहोर्न पुगे ।
मुस्ताङको मार्फामा खोलामा हुलुका सवारी साधनर मोटरसाईकल वारपार गर्न मिल्ने पुल गरी पुल निर्माण गरिएको थियो । पुल खोलाको बाढीले बगाएपछि दशै पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकलाई गन्तब्य पुग्न अप्ठ्यारो परेको थियो । पहिलो दिनको बाढीले पुल बगाउदा पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए । सांसद तुलाचनको पहलमा डोजरको बन्दोबस्त गरिएको थियो ।
यस्तै, अस्थायी पुल निर्माण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले समेत सहयोग गरेका थिए । पहिलो दिन पुन सञ्चालनमा ल्याईएको अस्थायी पुल पुनः दोश्रो दिनको बाढीले बगाएको थियो । अहिले फेरी सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा अस्थायी पुल निर्माण गरी यातायात सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङको मार्फा खोलामा गत असार महिनामा आएको बाढीले पटक÷पटक अस्थायी पुल बगाउदा सवारी साधनलाई निकै सास्ती हुने गरेको थियो ।
पक्की पुल नबन्दा अस्थायी पुलको भर ः
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडकमा पर्ने मार्फा खोलामा निर्माणधिन पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ ।हिमढुङ ठोक्कर ईमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल सम्झौता अवधि सकिदा जम्मा आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ ।निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङको मार्फा खोला र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खोलामा पक्की मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो ।

निर्माण कन्ट्रक्सनले दुबै पुल बनाउनका लागि २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।आयोजनाका अनुसार मार्फा खोलामा १२० मिटर र नरसिंह खोलामा ९० मिटरको पुल बनाउन कन्ट्रक्सनले जिम्मा लिएको थियो ।सो दुबै पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको हो ।
मुस्ताङको मार्फामा खोलामा अझै निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गर्न सकेको छैन । मार्फा खोलामा पक्की मोटरेपुल निर्माण हुन सके वर्षायामको समय समेत यातायातका साधनलाई मुस्ताङ आउजाउ गर्न सहज हुने जनाईएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया