मुद्दा दर्तापछि शव उठ्यो

सञ्जय रानाभाट २०७८ कार्तिक ४ गते १८:१९

पोखरा ।

पोखरा लेखनाथ २७ मा असोज २१ गते बिना विक कोठामा भुण्डिएको अवस्थामा फेला परिन् । उनको ज्यान गयो । तर, घटना घटेको १४ दिन पुग्दा समेत शव उठेको थिएन् ।


बिहीबार भने लास उठेको छ । माइती पक्षले भने बिना आफै मरेको नभई परिवारले मारेकाले घटनामा जाेडिएका परिवारलाई अनुसन्धान माग राख्दै आएका थिए । त्यही कारण उनको अन्तिम संस्कार हुन सकेको थिएन् । शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमै थियो ।

Advertisement

घटनाकाेबारेमा परिवारमाथि मुद्दा दर्ता भई अनुसन्धान सुरु भएकाले शव उठेकाे हाे ।

बिहीबार माइती पक्ष र केटा पक्षको सहमतीपछि लास उठाइएको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी महेन्द्र मरासीनीले जानकारी दिए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया