गौरीमायाको निधन

समाधान संवाददाता २०७८ कार्तिक ४ गते १९:२४

पोखरा ।
रूपा गाउँपालिका देउराली निवासी गौरीमाया घिमिरेको निधन भएको छ । ‘देउराली आमा’का नामले परिचित गौरीमायाको गत सोमबार बिहान ६ बजे ६४ वर्षको उमेरमा मृत्यु भएको हो ।


२०१४ असोज २९ गते कास्कीको म¥ज्याङकोट बसौला परिवार उनको जन्म भएको थियो । उनी अमरबहादुर घिमिरेसँग २०३१ सालमा वैवाहिक जीवनमा आवद्ध भएकी थिइन् । देउराली स्वास्थ्य चौकीमा ३ दशक काम गरेकी घिमिरेले हातेमालो आमा समूह, खानेपानी, वन, सडक उपभोक्ता समितिमा रहेरयोगदान गरेकी थिइन् ।


उनी केही समयदेखि दमबाट आक्रान्त थिइन । उनका १ छोरा रमेश, बुहारी प्रतीक्षा कार्की, छोरी सरु र कमला, श्रीमान अमरबहादुर, २ नाती र २ नातिनी छन् ।

Advertisement


पोखराको मणिपाल शिक्षण अस्पतालमा आयोजित श्रद्धाञ्जली सभामानेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली प्रकट गरे । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष प्रकाशमोहन खनालले काँग्रेस पार्टीलाई माया गर्ने व्यक्तित्व गुमाएको भन्दै दुःख प्रकट गरे ।


कांग्रेसका पूर्व महामन्त्रीतारानाथ रानाभाटले दुःखका दिनमा पार्टी र कार्यकर्तालाई निस्वार्थ सहयोग गर्नेक्रियाशील सदस्यलाईकाँग्रेसले स्मरण गरिरहने बताए । उनको बुधबार गगनगौंडा सतिघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनका छोराछोरी दुवै किरिया बसेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया