एमालेकाे देशैभरकाे वडा अधिवेशन भाेलि, अध्यक्ष ओलीले एकैसाथ उद्घाटन र सम्बाेधन गर्ने
पाेखरा ।
नेकपा एमालेले देशैभरकाे वडा अधिवेशन एक साथ गरेर राजनैतिकवृत्तमा एउटा संदेश दिन खाेजेकाे छ । कतिपय वडाले ढिलाे गर्ने लक्षण देखाएकाे बेलामा हिजाे सुरु भएकाे स्थायी कमिटी बैठकले देशैभरका वडा कमिटीलाई भाेलि नै अधिवेशन गर्ने गरी निर्देशन दिएकाे छ ।
कार्तिक ६ गते देशभरका ६ हजार वडामा एकसाथ अधिवेशन उद्घाटन गर्ने एमाालेकाे तयारी छ । वडा अधिवेशनकाे उद्घाटन सभालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ । भर्चुअल सम्बाेधनमा २ लाख भन्दा बढी कार्यकर्ता जाेडिने गरी व्यवस्था मिलाएकाे एमाले नेतृत्वले बताएकाे छ ।
एमालेकाे आइटी विभागले अध्यक्ष ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’बाट सम्बाेधन गर्ने र देशैभरका सम्भव भएसम्मका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट जाेड्ने तयारी गरेकाे छ । सबै वडा अधिवेशन केन्द्रीय अध्यक्षले एकैपटक औपचारिक रुपमा शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनेछन् । त्यसक्रममा दुईदेखि साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट जोडिने अनुमान गरिएको छ ।
केन्द्रीय कार्यालयमा वडा अधिवेशनको ब्यानर राखेर अध्यक्ष ओली र केन्द्रीय नेताहरु बस्नेछन् । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जुम आइडीको लिंक पठाइने तामाङले बताएका छन् ।
केन्द्रीय कार्यालयको तर्फबाट तामाङले विहीवारै सबै जिल्ला कमिटीहरुलाई वडा अधिवेशनको विधिबारे मापदण्ड पठाइसकेका छन् ।
पार्टीले पठाएकाे सर्कुलर









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया