एमाले महाधिवेशन

कास्कीका ७२ वटै वडामा भाेलि नै अधिवेशन, सबै वडामा सर्बसम्मत गर्ने प्रयास

समाधान संवाददाता २०७८ कार्तिक ५ गते १२:१४

पाेखरा ।

नेकपा एमाले कास्कीले कास्की जिल्ला अन्तरगत रहेका ५ पालिकाका ७२ वटै वडामा भाेलि एकै साथ वडा अधिवेशन गर्ने बताएकाे छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले केन्द्रकाे निर्देशन अनुसार भाेलि नै सबै वडा अधिवेशन सम्पन्न गर्ने बताए ।

केन्द्रकाे निर्देशन नआउन्जेलसम्म केही वडाले पार्टी सदस्यता नवीकरण बाँकी रहेकाे भन्दै केही दिन पछि गर्ने संकेत दिएकाे भएपनि केन्द्रकाे निर्देशनपछि द्रुतगतिमा तयारी गरिएकाे अध्यक्ष थापाले समाधानलाई बताए ।

Advertisement

सबै वडा कमिटीहरु सकृयतापूर्वक अधिवेशनकाे तयारीमा लागेका छन्, अधिकांशले सदस्यता नवीकरण सकेर अब अधिवशेन उद्घाटनकाे प्रतिक्षामा बसेका छन्– थापाले भने ।

अध्यक्ष थापाका अनुसार अहिलेकाे अधिवेशनलाई एकता अधिवेशन बनाउने साेँच अनुसार अधिकांश वडामा सर्बसम्मत रुपमा नेतृत्व चयनकाे प्रयास भैरहेकाे छ । यस्ताे प्रयास गर्ने जिम्मा सम्बन्धित वडाका इन्चार्ज र सहइन्चार्जलाई दिएकाे थापाले बताए ।

Advertisement

एमालेकाे विधान अनुसार वडा कमिटीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव निर्वाचित हुनेछन्। त्यस्तै गाँउ पालिकाे वडा सदस्य ३१ जना, उपमहानगर पालिकाका लागि ४१ जना र महानगरपालिकाका वडाकाे वडा सदस्यस ५१ सदस्यीय हुनेछन् ।

यि कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएकाे र छ भने कार्यसमिति पूर्ण समावेशी हुने गरी बनाउन विधानले व्यवस्था गरेकाे जानकारी पनि कास्की अध्यक्ष थापाले दिएका छन् ।

तपाईको प्रतिक्रिया