कास्कीमा एमाले अधिवेशन: सर्वसम्मत कमिटी चुनिँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अधिवेशनमा पोखरा महानगरपालिका १५ मा भोजबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत भएका छन् ।
एमालेको विधानमा वडा कमिटीमा ५ पदाधिकारी रहने व्यवस्था अनुसार उपाध्यक्षमा खेमबहादुर थापा, सचिवमा पार्वती कार्की, २ उपसचिवमा मन्दीरा परियार र अशिस भण्डारी सर्वसम्मत चयन भएका हुन् । ५१ सदस्यीय समिति निर्वाचित भएको छ ।
महानगरपालिका १३मा निलकन्ठ सिग्देल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा सरस्वती भण्डारी बराल, सचिवमा विष्णु प्रसाद अधिकारी, उपसचिवमा अलिअकबर मिया र एक प्रसाद गरुङ सर्वसम्मत भएका छन् । वडामा यी सहित ५१ सदस्यीय समिति चयन भएका छन् ।
मादी ११ सैमाराङमा नन्दप्रसाद गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा धनबहादुर कार्की, सचिवमा यूवराज लामिछाने, उपसचिवमा सिता थाप क्षेत्री र नित्य नन्द लामिछाने सर्वसम्मत चयन भएका हुन् ।
मादी ८ मिजुरेमा लालबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत भएका छन् । उपाध्यक्ष रुपबहादर घले गुरुङ, सचिव किसान रानामगर, उपसचिव हरिमाया पौडेल र जगत बहादुर रिमालसहित २५ सदस्यीय कमिटी चुनिएको छ ।
अन्नपूर्ण ५ मा लालबहादुर क्षेत्रीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था छ । आज कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक गर्न लागेको हो । अहिलेको अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व हुने बताइएको छ ।
अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो । नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले स्थानीय कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने यस अगाडी नै जानकारी दिएका थिए ।
निर्वाचन कमिटी कास्की सचिव झपट रानाभाटले अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व भएको बताएका छन् । उनले स्थानीय अधिवेशनको सन्दर्भमा केन्द्रीय कार्यालयबाट जारी सर्कुलर अनुसार झण्डा ब्यानरको प्रयोग गरी जनसहभागितालाई व्यापक बनाई अधिवेशन भव्य सम्पन्न गराइने बताए ।









फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया