पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबार भएको अधिवेशनमा पोखरा महानगरपालिका १४ मा बटु कृष्ण कुँवर अध्यक्षमा निर्वाचित भएका छन् ।
उनी सहित ५ पदाधिकारी ५१ जनाकाे कमिटि सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा क्याप्टेन डेल बहादुर गरुङ, सचिवमा जितेन्द्र जंग थापा, सह–सचिवमा सरिता बास्तोला र निरज केसी सहित ५१ जनाको कमिटि चयन भएका छन् ।
शनिवार बेलुका नै सबै जनाले सपथ लिएका छन् । सपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कुँवरले पार्टीलाई यो अवस्थामा ल्याउन योगदान गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सबैलाई साथमा लिएर अगाडी बढ्ने बताए । अध्यक्ष भएकोमा खुसी र गम्भीर दुवै भएको बताए । ‘गैरवशालि पार्टीको अध्यक्ष भएकोमा खुसी छु । यस अर्थमा गम्भीर छु । आफ्ना अगाडी थुपै चुनैतिहरु छन्,’ उनले भने, ‘तर चुनैतिसँग भागेर जान्न ।’

कमिटिले वडामा देखिएका समस्या, विकास निमार्णका कामहरु साथै पार्टी संगठनलाई विस्तार गर्न लागिपर्ने कुँवरले बताए । वडामा रहेको एमालेको इतिहासलाई फेरी पनि कायम राख्न कुनै खालको कसर बाँकी नराख्ने कुँवरले बताए । भन्छन्, ‘इतिहास कायम राख्न सिङगो एमाले सतिशाल झै उभिन्छ । सबैलाई समेटेर लाने विषयमा कुनै कन्जुसाई हुँर्दैन । तर, ३ वटा मिटिङमा उपस्थित नभए कमिटि सदस्यहरुलाई कारबाही हुन्छ ।’

एमाले विधानमा गाउँपालिकाको वडा कमिटीमा ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटमा ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था विधानमा उल्लेख छ । कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक सम्पन्न हुँर्दै छ । नेकपा विघटनपछि एमालेकोे यो पहिलो स्थानीय निर्वाचन हो ।

यसैकारण पनि अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले यस भन्दा अगाडी नै जानकारी दिएका थिए । अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो ।
निर्वाचन कमिटी कास्की सचिव झपट रानाभाटले अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व भएको बताएका छन् । उनले स्थानीय अधिवेश केन्द्रीय कार्यालयबाट जारी सर्कुलर अनुसार झण्डा ब्यानरको प्रयोग गरी जनसहभागितालाई व्यापक गराइएको बताए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया