थकाली सेवा समितिमा नयाँ कार्यसमिति

समाधान संवाददाता २०७८ कार्तिक ७ गते १६:२०

पोखरा ।

थकाली सेवा क्षत्रीय समितिको अधिवेशन कात्तिक ६ गते सम्पन्न भएको छ । अधिवेशनबाट इन्जिनियर गोविन्द गौचन समितिको अध्यक्ष निर्वाचित भएका छन् ।

Advertisement

निवर्तमान अध्यक्ष शिवशंकर गौचन रहेको नयाँ कार्यसमितिको उपाध्यक्षमा इन्जिनियर रुजिन्द्र तुलाचन र तेजेन्द्र तुलाचन निर्वाचित भएका छन् ।

समितिको सचिव अशोक भट्टचन, कोषाध्यक्ष गोविन्द तुलाचन, सहसचिव भक्त शेरचन र सहकोषाध्यक्ष खिम शेरचन निर्वाचित भएका छन् ।

Advertisement

सदस्यहरुमा श्रीमती सबी शेरचन, श्रीमती पूर्णकुमारी शेरचन, श्रीमती विष्णु शेरचन, श्रीमती अमिता शेरचन, चित्रबहादुर भट्टचन, प्रेम शेरचन, राजकुमार शेरचन, यज्ञकुमार गौचन, कृष्ण गौचन, पदमप्रसाद गौचन, सुजन गौचन र कृष्ण गौचन सदस्य निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया