पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

समाधान संवाददाता २०७८ कार्तिक ७ गते १७:१४
एमाले स्थायी नेता किरण गुरुङ (दाया) र तनहुँका पत्रकार मदन तिमिल्सिना (बिच)का साथ पूर्व आईजीपी खनाल

पाेखरा ।

समाधानसंवाददाता

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गर्ने भएका हुन् ।

Advertisement

एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पूर्व आईजीपी खनाल एमाले प्रवेश गर्न लागेकाे पुष्टि गरे । केही दिन अघि काठमाडाैंमा आफैले खनालसँग कुराकानी गरेकाे जानकारी दिँदै एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने बताए ।

तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगाेलबाट राजनीति गर्ने गरी एमाले प्रवेश गर्न थालेकाे बताइएकाे छ । पार्टी जिम्मेवारी के दिने भन्ने त भैसकेकाे छैन, तर पार्टी प्रवेश गर्ने समझदारी भैसकेकाे छ– गुरुङले समाधानसँग भने । खनालकाे आगमनले तनहुँ एमालेलाई थप उर्जा मिल्ने दावी पनि गुरुङले गरे ।

Advertisement

सर्वेन्द्रसँग पहिले एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र भगवती न्याैपानेले कुराकानी गरेका थिए । त्यसपछि पृथ्वीसुब्बा गुरुङले बालकाेटमा लगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेपछि खनालकाे एमाले प्रवेश गर्ने निश्चित भएकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया