उपल्लो मुस्ताङमा पर्यटकको सारथी बन्दै : छिरिङ फेन्जो

उपल्लो मुस्ताङ पुग्ने पर्यटकलाई कुनै आपत विपत् र समस्या परे फोन गरेमा निःशुल्क सक्दो सहयोग र सल्लाह दिन तत्पर छु

सुन्दरकुमार थकाली २०७८ कार्तिक ७ गते २०:३४
उपल्लो मुस्ताङ पुगेका पर्यटकलाई निःशुल्क सेवा गर्छन छिरिङ फेन्जो

जोमसोम—पर्यटकीय गन्तब्यको रुपमा परिचित गण्डकी प्रदेशकै लाईभ लाईन हो मुस्ताङ । जब मुस्ताङमा पर्यटक ओईरिन्छन् तब गण्डकी प्रदेशकै पर्यटन मौलाउँछ । विश्वमै चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिर मुस्ताङमा अवस्थित छ । यसका साथै अन्य दर्जनौ रमणीय गन्तब्य मुस्ताङमा छन् । यी गन्तब्य अवलोकनका लागि मुस्ताङ भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित नहुने कुरै भएन ।

उपल्लो मुस्ताङ धार्मिक,सांस्कृतिक , सामाजिक र ऐतिहासिक सम्पदाले महत्वपूर्ण मानिन्छ । पर्खालले घेरिएको मुस्ताङी राजाको ऐतिहासिक लोमान्थाङ दरबार ,छोसेर गुफा,अन्य गुफा ,विभिन्न धार्मिक स्थलका साथै उपल्लो मुस्ताङको फरक भुगोल नियाल्न एक पटक उपल्लो मुस्ताङ जानै पर्ने हुन्छ । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकको स्तरोन्नतिको काम धमाधम भईरहेकाले उपल्लो मुस्ताङ सम्म पुग्न पर्यटकलाई खासै अप्ठ्यारो पर्दैन ।

पछिल्लो समय राज्यको उपस्थित समेत क्रमश देखिन थालेको बेला चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाका यतिबेला आन्तरिक पर्यटकका लागि निकै चर्चामा छ । कोरलानाका अवलोकन गर्न राज्य तहका मन्त्री,सांसद देखि उच्चपदस्थ कर्मचारीहरु धाउने गरेको पाईन्छ ।त्यसो त कोरलानाका हेर्न झन्डासहित आन्तरिक युवायुवतीहरुको पनि ताँती लाग्ने गर्छ ।

Advertisement

बेनी—जोमसोम—कोरला सडक हँुदै उपल्लो मुस्ताङको यात्रा सहज भएपनि उपल्लो मुस्ताङ पुग्दा विभिन्न समस्या पर्यटकलाई आईपर्न सक्छ । यसपटकको दशै पर्वमा उल्लेख्य आन्तरिक पर्यटक उपल्लो मुस्ताङको भ्रमणमा पुगे ।तर कतिपय पर्यटक उपल्लो मुस्ताङ पुग्दा होटल ब्यवस्थापनको समय ,कुन पर्यटकीय गन्तब्य कता पर्छ भन्ने समस्या र उपल्लो मुस्ताङ पुग्दा आफु चढेर गएको मोटर साईकल बिग्रिदा कहाँ बनाउने भन्ने समस्या आदी पर्न सक्छ । दशै बिदामा उपल्लो मुस्ताङ पुगेका आन्तरिक पर्यटकको विभिन्न समस्याको सारथी बनेका छन् उपल्लो मुस्ताङका रोल मोडल युवा छिरिङ फेन्जो गुरुङ । गुरुङ सामाजिक सहयोग गर्न पनि उत्तिकै रुचाउँछन् । गुरुङ उपल्लो मुस्ताङका प्रसिद्ध चित्रकार समेत हुन् । तर उनी आफ्नो काममा मात्र सीमित छैनन् ,उनी त उपल्लो मुस्ताङ पुग्ने पर्यटकलाई कुनै आपत विपत् र समस्या परे फोन गरेमा निःशुल्क सक्दो सहयोग र सल्लाह दिन तत्पर रहन्छन् ।

छिरिङ भन्छन्,‘ यसपटक उपल्लो मुस्ताङ पुगेका पर्यटकलाई विभिन्न समस्या प¥यो, दशैको बिदामा आएका पर्यटकलाई समस्या पर्दा सहयोग गरे । पर्यटक हाम्रा पाहुना हुन् ,उनीहरुको स्वागत र सम्मान गर्न मात्र नभई उनीहरुलाई पर्ने समस्यामा सहयोग गर्नु हाम्रो धर्म हो, आफु एक पटकको मात्र नभई सधै पर्यटकको सहयोगमा जुट्ने छु ।’

Advertisement

यसपटक पर्यटकलाई होटलको ब्यवस्थापन ,गन्तब्य देखाईदिने र मोटरसाईकल मर्मत गर्ने आदी काम सहयोग गरेको उनले बताए ।‘ म सधैभरी पर्यटकको सेवामा जुट्ने छु,‘पर्यटकलाई कुनै समस्या परेमा फोन गरेमा मानवीय सहयोग गर्नेछु ,उनले भने, यसले उपल्लो मुस्ताङकै सकारात्मक सन्देश प्रवाह गर्ने र आन्तरिक पर्यटक सन्तुष्ट रहन्छन् ।’ उनले उपल्लो मुस्ताङीलाई यहाँ आएका पर्यटकलाई पर्ने समस्यामा सघाउन समेत अनुरोध गरे ।

उपल्लो मुस्ताङ पुग्ने पर्यटकलार्ई कुनै समस्या र कठिनाई भएमा निःशुल्क सहयोग चाहिएमा
नाम ःछिरिङ फेन्जो गुरुङ
ठेगाना ः लोमान्थाङ—१ छोसेर
सम्पर्क नम्बर ः९८४६५९३६५४

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया