मनोरञ्जन

‘कबड्डी फोर’लाई सांसद तुलाचनले दिए सुभकामना

३५ दिनको बसाई लिएर कबड्डी टोली मुस्ताङ आईपुगेको हो

सुन्दरकुमार थकाली २०७८ कार्तिक ८ गते १५:३८
फोटो क्याप्सन ः कोभिडपछि मुस्ताङमा चलचित्र कबड्डी फोरको छायाङ्कन ,सांसद तुलाचनले दिए सुभकामना ।तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—कोरना माहामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन बिस्तारै गति लिन थालेको छ । मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ ।
अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसंगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको हो ।चलचित्रको संम्पूर्ण दृष्य मुस्ताङमानै छाँयाङ्कन गर्ने उद्देश्यसहित ३५ दिनको बसाई लिएर कबड्डी टोली मुस्ताङ आईपुगेको हो । कोरोना माहामारीपछि पहिलो पटक मुस्ताङमा चलचित्र छाँयाङ्कनका लागि आएको टोलीलाई सोमबार छाँयाङ्कन स्थलमै पुगेर मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले चलचित्र सफलताको सुभकामना दिएका छन् ।

सो अवसरमा संघीय सांसद तुलाचनले लामो समयसम्म कोरोनाले थलिएको मुस्ताङको पर्यटनलाई कबड्डी फोरको छाँयाङ्कनले राहत प्रदान गर्ने विश्वाश ब्यक्त गरे ।संघीय सांसद तुलाचनले चलचित्रको माध्यमबाट लुकेर रहेका पर्यटकीय गन्तब्यको प्रचार÷प्रसारका साथै यहाँका धार्मिक,सांस्कृतिक, सामाजिक सभ्यता र मौलिकतालाई विश्व समुदाय माँझ परिचित गराउन टेवा पुग्ने बताए । मुस्ताङमा निलगिरि र धौलागिरि हिमाल ,मुक्तिनाथ मन्दिरका साथै तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म दर्जनौ रमणीय स्थल रहेको उल्लेख्य गर्दै सांसद तुलाचनले कबड्डी जस्तै अन्य चलचित्रकर्मीलाई समेत मुस्ताङ आएर छाँयाङ्कन गर्न अनुरोध गरे ।

यसअघि २०७० सालदेखि निरन्तर थकाली समुदाय, थकाली कलासंस्कृति र यहाँको मौलिकतालाई मुख्य बेस बनाएर सुरु गरिएको चलचित्र कबड्डीको यो चौथो भाग हो । चलचित्र कबड्डी देखि कबड्डी थ्री सम्मको छाँयाङ्कन थाक सातसयक्षेत्रको टुकुचे,कोवाङ,लाजुङ,नाउरिकोट,लेते र छयो आदी स्थानमा भएको थियो भने कबड्डी थ्रि को केही भाग कास्कीको घान्द्रुकमा भएको थियो ।झन्डै साँढे ३ करोड लागतको कबड्डी फोरको निर्माण बासुरी फिल्मका सदस्य एवं कबड्डी फोरका निर्मार्ता मणीराम पोख्रेलको रहेको । चलचित्र निर्माता पोख्रेलले थकाली समुदायको कथामा आधारित रहेकाले चलचित्र कबड्डी फोरको पनि मुस्ताङमा छाँयाङ्न गर्ने क्रमले निरन्तरता पाएको जानकारी दिए ।

Advertisement

उनले कबड्डीकै लागि भनेर चार पटकसम्म विगत ७ वर्षदेखि मुस्ताङ धाईरहेको र यहाँ आईपुग्दा स्थानीबासीसंग आत्मियता बढाएको अनुभव सुनाए । उनले चलचित्रको पुरै भाग ३५ दिनसम्म बसेर थासाङक्षेत्रमा छाँयाङ्कन गरिने जनाए । कोरोना माहामारी न्युनिकरण हुँदै गईरहेपनि चलचित्र टोलीले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर छाँयाङ्नको ब्यवस्था मिलाएको निर्माता पोख्रेलले उल्लेख गरे ।
यस्तै ,चलचित्र कबड्डी फोरमा नयाँ डिभ्यु गरेका पोखरेली कलाकार प्रकाश घिमिरे समेत हेड मास्टरको भूमिकामा मुस्ताङ आईपुगेको बताउँछन् । उनले पहिलो पटक मुस्ताङमा चलचित्रमा अभिनय गर्ने उद्देश्यले आएका घिमिरेले मुस्ताङ आईपुग्दा स्वर्णीम आनन्दको अनुभुती भएको बताए । उनले पहिलो पटक कवी भुपी शेरचनको गाउँ टुकुचेमा पाईला टेकेको र यहाको हिमाल र रमणीय दृष्यले आफुलाई मोहित तुल्याएको उल्लेख गरे ।
मुस्ताङमा चलचित्र कबड्डीको प्रदर्शनपछि यहाँको पर्यटनले अकल्पनीय रुपमा गति लिएको थियो ।कलाकार पात्रको घर कता पर्छ भन्दै आन्तरिक पर्यटक टुकुचे,नाउरिकोट,कोवाङ आदी गाउँमा पस्थे ।मुस्ताङको पर्यटन प्रर्वद्धनमा चलचित्र कबड्डी वान देखि थ्रि सम्मको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको पाईएको छ ।
झन्डै ३ वर्षपछि पुन छाँयाङ्कनका लागि मुस्ताङ फर्किएर आएको चलचित्र कबड्डी फोरको कथा तथा पटककथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन् । बासुरी फिल्मस्को प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्र कबड्डी फोरमा चर्चित कलाकार दयाह्याङ्क राई,सौगात मल्ल ,माओत्से गुरुङ,मिरुना मगर,बुद्धि तामाङ,बिजय बराल,कविता आले,पुस्कर गुरुङ,गौमाया गुरुङ,कमलमणी नेपाल र प्रकाश घिमिरे लगायतका कलाकार रहेको निर्माण टोलीले जनाएको छ । चलचित्रको पुरै छाँयाङ्कन मुस्ताङको टुकुचे,कोवाङ,लार्जुङ,नाउरिकोट ,लेते,छयो र टिटी ताल लगायतका क्षेत्रमा हुने जनाईएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया