पोखरा विश्वविद्यालयका प्राध्यापक घिमिरे भए पुनर्बिमा कम्पनीको अध्यक्ष

समाधान संवाददाता २०७८ कार्तिक ८ गते १९:३८

काठमाडौं ।

मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । नेपाल सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बिमा क्षेत्रमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् ।

बिमा समितिको अध्यक्ष हुन नसकेका घिमिरेलाई नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बिमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बिमालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया