जोमसोम—३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाले मंगलबार ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको सुरुआत गरेको जनाएको छ ।गाउँपालिकाको कार्यालय जोमसोममा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य श्रीमाया थकाली ,गाउँपालिका अध्यक्ष आशबहादुर थकाली र उपाध्यक्ष शर्मिला गरुङ लगायतले घरपझोङ—४ का जेष्ठ नागरिकलाई सम्मान गरे।
गाउँपालिकाले ५ वटै वडाहरुमा ७० वर्षदेखि ७३ वर्ष उमेर समुहका ४८ जना जेष्ठ नागरिकलाई पोलार ब्लाङ्केट र ७९ वर्ष भन्दा माथिका ६६ जना जेष्ठ नागरिकलाई अत्याधुनिक अल्मुनियमको लौरी क्रमश वितरण गर्दै जाने कार्यक्रम रहेको गापाकी महिला तथा वालवालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् । गापा भित्रका सबै ज्येष्ठ नागरिकहरुलाई पोलार ब्ल्याङ्केट र टेक्ने लौरी वितरण गरि सम्मान गरिने उनले बताईन् ।

गाउँपालिकाद्धारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य श्रीमाया थकालीले हालको कार्यव्यवस्ताका कारण ज्येष्ठ नागरिकहरुको सुरक्षा र रेखदेखका लागि जेष्ठ नागरिक तथा मिलन केन्द्रको आवश्यक रहेको बताईन् ।गाउँपालिकाअध्यक्ष आशबहादुर थकालीले गापा भित्रमा ७० वर्ष कटेका सबै ज्येष्ठ नागरिकलाई पोलार ब्ल्याङ्केट बितरण गरिसकेको उल्लेख गरे । उनका अनुसार ज्येष्ठ नागरिकका लागि गापाको १,२,४ र ५ मा मिलन केन्द्रका लागि हट रुम निर्माण भईसकेको र सोका लागि आवश्यक फर्निचरका सामाग्री समेत खरिद भईसकेको बताए ।

यस्तै ,उपाध्यक्ष शर्मिला गुरुङले गापा भित्रका विपन्न नागरिकको लागि उपचार खर्चमा सहयोग गर्न स्थानीय सामाजिक सुरक्षा कोष स्थापना भईसकेको बताईन् । उनले स्थानीय सामाजिक सुरक्षा कोषबाट ज्येष्ठ नागरिक दलित ६० वर्ष माथि र ज्येष्ठ एकल महिला ६० वर्ष माथिकालाई उपचार खर्च वापत रु एकसय वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिईन् ।
गाउँपालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतद गौरीप्रसाद आचार्यको स्वागत र कार्यक्रम सञ्चालन महिला तथा वालवालिका शाखा प्रमुख सरिता थकालीले गरेकी थिईन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया