एमाले पोखरा महानगर कमिटी अध्यक्षमा ५ जना उम्मेदवार

पोखरा ।
नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । हिजो सुरु नगर अधिवेशनमा आज नेतृत्व चयनको कार्यतालिका छ । उम्मेदवारी दर्ताको कार्यक्रम तथा समय सीमा सकिएको छ ।
उपाध्यक्षमा बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईले उम्मेदवारी दिएका छन् । सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको छ । नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष र १ जना सचिव हुने वैधानिक व्यवस्था छ ।
२ जना उपसचिव निर्वाचित हुने पार्टी विधान छ । उक्त पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया