स्वास्थ्य
मुस्ताङमा बृहत आँखा शिविर ,३ सय ४८ जना लाभान्वित
४८ जना मोतिबिन्दु भएका आँखाका बिरामीको शल्यक्रिया

जोमसोम—मुस्ताङको घरपझोङ र लोघेकर दामोदरकुण्ड गाउपालिकामा बृहत आँखा शिविर सम्पन्न भएको छ ।मुस्ताङको घरपझोङमा जिल्ला अस्पताल जोमसोम र लोघेकर दामोदरकुण्ड गाउपालिका स्वास्थ्य केन्द्रको चराङमा आँखा शिविर सञ्चालन भएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौ र हेटौडा आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहिबार देखि सुरु भएको आँखा शिविरमा ३ सय ४० जनाले आँखाको जाँच गरेको जोमसोम अस्पतालकी ईञ्चार्ज बरिष्ठ नेत्र सहायक रुमिला नेपालीले जानकारी दिईन् । मुस्ताङको घरपझोङमा २९ जना र उपल्लो मुस्ताङमा १७ जना गरी कुल ४८ जना मोतिबिन्दु भएका आँखाका बिरामीको शल्यक्रिया गरिएको उनले बताईन् ।उनका अनुसार मुस्ताङमा भएको बृहत आँखा शिबिरमा हेटौडा अस्पतालका प्रमुख डा. सुनिल थकाली र अन्य स्वास्थ्यकर्मी लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
भौगोलिक रुपले बिकट मानिएको हिमाली जिल्ला मुस्ताङमा यसअघि आँखाका समस्या भएका बिरामीलाई सुगमको आँखा अस्पताल सम्म पुगेर उपचार गर्नमा निकै समस्या पर्ने गरेकोमा यसप्रकारको आँखा शिबिरले आँखाको समस्या भएका बिरामीलाई राहत पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले टेलिफोन मार्फत जानकारी दिए ।उनले मुस्ताङको घरदैलोमै आएर आँखा शिबिर संञ्चालन गरिएको प्रति तिलगंगा आँखा प्रतिष्ठान केन्द्र र हेटौडा आँखा अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद ब्यक्त गरे
मुस्ताङ जोड्ने सडक यातायातको दुरअवस्था र आर्थिक समस्यामा परेका आँखाका बिरामीलाई शिबिरले राहत प्रदान गरेको नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका सभापती चन्द्रबहादुर थकालीले उल्लेख गरे । मुस्ताङको घरपझोङमा कार्तिक ४ र ५ र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ७ र ८ गते बृहत आखा शिबिर संञ्चालन भएको थियो ।
मुस्ताङमा भएको बृहत आँखा शिबिरका लागि घरझोङ गापा र लोघेकर दामोदरकुण्ड गापा ,नेरोसो मुस्ताङ,मुस्ताङ कल्याणकारी संघ , बिभिन्न आमा समुह लगायतले ब्यवस्थापनमा सहयोग पु¥याएका थिए ।
फोटो क्याप्सन ः

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया