एमाले पाेखरा महानगर कमिटीमा २५ जना निर्विरोध चयन

समाधान संवाददाता २०७८ कार्तिक ११ गते १५:४४

पोखरा ।
नेकपा एमालेको पोखरा महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भएका छन् ।

चयन हुनेमा वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायण प्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोद कुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका हुन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाकाे उम्वेदवारी परेकाे थियाे । प्रत्यक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया