राजनिति

मुस्ताङको तीन स्थानीय तहमा एमालेको वडा तथा पालिका स्तरीय अधिवेशन सम्पन्न

लोमान्थाङमा निमा ढिन्डुक गुरुङ,लोघेकर दामोदरकुण्डमा रिन्जिङ वाङ्दी गुरुङ,घरपझोङमा प्रदिप थकाली अध्यक्ष चयन

सुन्दरकुमार थकाली २०७८ कार्तिक ११ गते १४:२२

जोमसोम— हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले )को वडा तथा पालिका स्तरीय अधिवेशन गत हप्तादेखि धमाधम सुरु भएको छ ।एमाले मुस्ताङको वडा तथा पालिका स्तरीय अधिवेशनले सर्वसम्मत रुपमा पार्टीको कमिटी गरेको एमाले मुस्ताङले जनाएको छ ।
नेकपा –एमाले) मुस्ताङको वडा तथा पालिका स्तरीय अधिवेशन करिव ८० प्रतिशत सम्पन्न भईसकेको जनाईएको छ । एमाले नेतृ श्रीमाया थकाली,एमाले जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन,संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन,प्रदेश सांसद महेन्द्रबहादुर थकाली र ईन्द्रधारा बिष्ट लगायतका नेताहरु वडा तथा पालिका अधिवेशनका लागि खटिएको गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।
प्रदेश सासद बिष्टका अनुसार हालसम्म मुस्ताङका ५ स्थानीय तह मध्ये ३ वटा स्थानीय तहमा वडा तथा पालिका स्तरीय दुबै अधिवेशन सम्पन्न भइसकेको छ । थासाङ गाउँपालिकामा पालिका अधिवेशन हुँन बाँकी छ भने वडा स्तरीय अधिवेशन सम्पन्न भईसकेको छ ।

Advertisement

यस्तै,मुस्ताङको ५ स्थानीय तह मध्ये ४ वटा स्थानीय तहको अधिबेशन अन्तिम चरणमा पुगेपनि वारागुङ मुक्तिक्षेत्रमा वडा तथा पालिका अधिवेशन दुबै हँुन बाँकी छ । प्रदेश सांसद बिष्टले त्यहाँ पनि २÷४ दिन भित्रै सर्वसम्मत अधिवेशन गरी नेतृत्व चयन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अलग÷अलग एकैसाथ वडा तथा पालिका स्तरीय अधिवेशन संम्पन्न भईसकेको जनाईएको छ । एमाले जिल्ला जिल्ला कमिटी सदस्य एवं लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टका अनुसार लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा निमा ढिन्डुक गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा रिन्जिङ वाङ्दी गुरुङ ( मकार बहादुर बिष्ट ) सर्वसम्मत चयन भएका छन् ।
लोमान्थाङ गाउँपालिकाको वडा स्तरीय अधिवेशनमा मार्फत अध्यक्ष चयन हँुनेमा वडा १ मा लाक्पाटसी गुरुङ ,वडा २ मा कर्मा नाम्ग्याल गुरुङ ,वडा ३ मा टसी न्हुर्बु गुरुङ, वडा ४ मा आङ्ग्या गुरुङ र वडा ५ मा छिमिक गोम्वो गुरुङ छन् ।लोघेकर दामोदरकुण्ड गापाक वडा स्तरीय अधिवेशन मार्फत अध्यक्ष हुनेमा वडा १ मा आङ्ग्य गुरुङ,वडा २ मा ङ्वाङ ठोक्कर गुरुङ ,वडा ३ मा पेमा छिरिङ गुरुङ ,वडा ४ मा जिग्मी वाङ्दी बिष्ट र वडा ५ मा सम्तेन धार्जे गुरुङ सर्वसम्मत चयन भएका हुन् ।
यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको पालिका स्तरीय अधिवेशनले युवा नेता प्रदिप थकालीलाई अध्यक्ष चयन गरेको छ ।घरपझोङको वडा स्तरीय अधिवेश मार्फत अध्यक्ष चयन हुनेमा वडा १ मा रन्जित थकाली,वडा २ मा दिपक लालचन ,वडा ३ मा महेश थकाली ,वडा ४ मा भिषण थकाली र वडा ५ मा अनिल थकाली छन् ।जिल्लाको थासाङ गाउँपालिकाको वडा अधिवेशन मार्फत अध्यक्ष हुनेमा वडा २ मा गौतम शेरचन ,वडा ३ मा पूर्णप्रसाद गौचन,वडा ४ मा अपेक्षा रन्जिता र वडा ५ मा राजेन्द्र शेरचन छन् । थासाङको वडा १ को अधिवेशन हुँन बाँकी छ ।

नेकपा एमालेको विधान अधिवेशनमा पारित गाउँ÷नगर पालिका , उपमहानगर पालिका र महानगर पालिकाका लागि तोकिएको पदाधिकारी सदस्य संख्याको प्रावधान अनुरुप एमाले मुस्ताङले वडा तथा पालिका स्तरीय अधिवेशन गठनलाई तिब्रता दिएको हो । २०७४ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्र पार्टी एकता भएको र केपी शर्मा ओलीले संसद बिघटन गरेपछि भएको घटना क्रममा सर्वोच्च अदालतले एमाले र माओवादी पार्टीको कित्ता क्लियर गरिदिएको थियो । एमाले र माओवादी केन्द्र एक आपसमा अलग भएपछि भएको अधिवेशनमा एमाले मुस्ताङमा कुनै प्रभाव परेको देखिदैन ।

एमाले मुस्ताङको पालिका तथा वडा स्तरीय अधिवेशनका क्रममा बिभिन्न पार्टीबाट पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लहर बढेको संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए । बिभिन्न पार्टीबाट ३ सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रबेश गरेको उनले उल्लेख गरे । उनका अनुसार लोमान्थाङमा भएको अधिवेशनमा गाउँपालिकाका तरुण दलका अध्यक्ष र लोघेरकर दामोदरकुण्ड गापामा नेपाली काग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायतका कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया