पाण्डे भए बागमतीको मुख्यमन्त्री, बनाए तीन मन्त्री
समाधान संवाददाता
२०७८ कार्तिक ११ गते १७:०३
हेटौंडा ।
वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३ः३० मा सपथ लिएका हुन्।
नेकपा समाजवादीका सांसद पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया