पोखरा फाइनान्सको नाफा ५६ प्रतिशतले बढ्यो

पोखरा ।
पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार समीक्षा अवधिमा फाइनान्सको नाफामा वद्धि भएको छ ।
उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५६.०८ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा फाइनान्सले ८ लाख ३१ हजार हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सको सञ्चालन नाफा पनि ५६.११ प्रतिशतले बढेर १८ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन नाफा ११ लाख ८७ हजार रूपैयाँ थियो । पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि २२.९७ प्रतिशतले बढेर ८ करोड ५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८ करोड ३८ लाख रुपैयाँ छ ।
फाइनान्सको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड ३३ लाख रुपैयाँ छ । समीक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा छ भने समीक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १०९२.५९ गुणा छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया