महिलाअधिकारबारे सचेतना

पोखरा ।
सिद्धार्थ क्लब पोखराले महिला अधिकार तथा कानुनी सचेतना आयोजना गरेको छ । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ डा जुनु श्रेष्ठले कार्यक्रमले महिला अधिकारसम्बन्धी जानकारी गराउनुका साथै कानुनले व्यवस्था गरेका अधिकार प्राप्त गर्न प्रेरित गर्ने बताइन् ।
क्लब अध्यक्ष तीर्थ श्रेष्ठले महिला अवसर प्राप्तिमा सक्रिय हुनुपर्ने र सृजनात्मक तरिकाले हातेमालो गर्दै अगाडि बढनुपर्ने बताइन् । उनले कार्यक्रमबाट सिकेको सीप जीवनमा लागू गर्न आग्रह गरिन् । क्लबकानिवर्तमान अध्यक्ष पार्वती माकाजूले महिला पुरुषको समविकासमा जोड दिँदै आफनो हक, अधिकारबारे सचेत बन्नुपर्नेमा जोड दिइन् । क्लबका पूर्वअध्यक्ष निरा श्रेष्ठले सीपले मानिसलाई सक्षम र आत्मनिर्भर बनाउने उल्लेख गरिन् ।
कार्यक्रममा सहभागी विमला पिया, ज्ञानु श्रेष्ठ, कल्पना अधिकारी, प्रेमकुमारी पराजुली, जमुना आचार्य, नवराज गोठाजु, सुरेश श्रेष्ठ र शुशील पराजुलीले तालिम फलदायी रहेको बताएका थिए । कार्यक्रममा अधिवक्ता शुष्मा पौडेलले महिला अधिकार, नेपालको संविधान, कानुनी व्यवस्था, लैंगिक हिंसा तथा नेतृत्व विकासबारे सहजीकरण गरेकी थिइन् । तालिममा ४० जना सहभागी थिए । कार्यक्रममा संस्थाका सचिव इन्दिरा मर्सानीश्रेष्ठ र कार्यक्रम संयोजक विजयाश्रेष्ठले पनि बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया