युनाइटेड क्लबको सभा

पोखरा ।
युनाइटेड क्लब पोखराको १२ औं वार्षिक साधारण सभातथाशुभकामनाआदानप्रदान कार्यक्रम शनिबार भएको छ । क्लबले शिक्षा, स्वास्थ, खेलकुद, पर्यटन प्रवद्र्धनकालागिपोखरामा खुलाचिडियाखाना निर्माणमा पहलकदमीगर्दै आएको छ ।
सभामा जिल्ला समन्वय समितिकास्की प्रमुख वैनबहादुर क्षेत्रीले तत्कालीन समयमा राज्यले सामाजिक संस्थालाई आफ्नो अधिनमा राख्ने काम गरेकै कारण स्वतन्त्रतापूर्वक उल्लेख्य कामगर्न नसकिने अवस्था स्मरण गरे । उलने लोकतन्त्रको स्थापनापछि स्थापित युनाइटेड क्लबले सानातिना पक्षमा नअल्झिई सामाजिक काममा अघि बढ्नुपर्ने बताए ।
पोखरा१० का कार्यवाहक अध्यक्ष सम्मरबहादुर श्रेष्ठले क्लबको कामले पोखरालाई राष्ट्रिय स्तरमाचिनाउन सफलभएको तर्क गरे । उनले प्रदेश सरकारले पनि चिडियाखाना निर्माण र अन्य गतिविधिमा सघाउनुपर्ने बताए ।
संस्थापकअध्यक्षहिमालय बख्रेलले क्लब स्थापनादेखि निरन्तर लगावका कारण पोखरामा खुला चिडियाखाना निर्माणसँगै आफ्नै जग्गाखरिद गर्न सफल भएको सुनाए ।अमरसिंह मावि अध्यक्ष तेजस्वी बरालले युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन जस्तासंवेदनशील क्षेत्रमा गरेको कामको प्रशंसा गरे । उनले राज्यले गर्नुपर्नेे काम क्लबले गरेको बताए ।
पचभैया सामुदायिकवनकाअध्यक्षदिननाथ ढकालले क्लबसँग २०६७ बाट सहकार्य गर्दै आएको बताए । बीचमा केहीउतारचढाव आएको र अहिले पनि छलफलमै रहेकाले आगामी दिनमा सकारात्मक ढंगले सहकार्य गरी पुराना कुरा बिर्सेर अगाडि बढ्ने उल्लेख गरे । युनाइटेड क्लव र वन समिति मिलेर पचभैयाँ क्षेत्रलाई नयाँ पर्यटकीयगन्तव्य बनाउन लाग्ने उनले सुनाए ।
सभामा क्लब अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिवशान्तबहादुर थापाले महासचिव र कोषाध्यक्ष सूर्यबहादुर बानियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममाआजीवन सदस्य सविताश्रेष्ठ रञ्जित, सल्लाहकार गोविन्द घिमिरे, प्रथम उपाध्यक्ष लोकबहादुर थापाले पनि बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया