खेलकुद

कोभिडपछि मुस्ताङको कोवाङमा खेलकुद

यसै वर्षदेखि ज्येष्ठ नागरिक भलिबल प्रतियोगिता

सुन्दरकुमार थकाली २०७८ कार्तिक १४ गते १८:३३
मुस्ताङको कोवाङमा खेलकुद प्रतियोगिता सुरु । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—मुस्ताङको तल्लो क्षेत्रलाई समेट्ने गरी बर्सेनि आयोजना हुँदै आईरहेको दोश्रो खुल्ला लोवर पुरुष÷महिला भलिबल तथा तारा¬( आर्चरी) खेलकुद प्रतियोगिता आईतबार देखि सुरु भएको छ । कोरोना भाईरसका कारण विगत २ वर्षदेखि स्थगित गरिएको प्रतियोगिता कोरोनासंक्रमणको जोखिम न्युनिरकण हुदै गईरहेको र मुस्ताङमा जारी लकडाउन खुकुलो हुँदै भएपछि प्रतियोगिता संञ्चालनको तैयारी गरिएको हो ।

Advertisement

जिल्लाको आन्तरिक खेलकुद क्षेत्रको प्रर्वद्धन गर्दै स्थानीय युवाहरुलाई खेलक्षेत्र तर्फ आर्कर्षित गर्ने उद्देश्यले धौलागिरि युवा क्लब कोवाङले २०७५ सालदेखि खुल्ला भलिबल तथा आर्चरी प्रतियोगिता सुरु गरेको थियो । मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि थासाङको घासा सम्मका युवाक्लव तथा अन्य समुहले प्रतियोगितामा समावेश हुन पाउने प्रावधान रहेको आयोजक धौलागिरि युवा क्लबले जनाएको छ ।क्लबका अध्यक्ष मनप्रसाद गौचनले लामो समयदेखि कोरानाका कारण रोकिएको प्रतियोगिता सोमबारदेखि सुरु भएको जानकारी दिए । अध्यक्ष गौचनले क्लबले खेलकुदका साथै सामाजिकक्षेत्रमा समेत रचनात्मककार्यहरु गर्दै आईरहेको उल्लेख गरे ।

‘राष्ट्रका लागि खेलकुद÷स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको लोवर दोश्रो खुल्ला पुरुष÷महिला भलिबल तथा आर्चरी प्रतियोगिताको क्लबका संस्थापक उपाध्यक्ष कृष्णकुमार शेरचनले उद्घाटन गरे ।सो अवसरमा क्लबका संस्थापक उपाध्यक्ष शेरचनले विगतमा क्लबले आर्थिक अभावका कारण विभिन्न समस्या झेल्नु परेको अवस्थामा समेत कठिन परिस्थिती पार गदै क्लब अहिलेको अवस्था सम्म आईपुगेको बताए । उनले क्लवले खेलकुद क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको र त्यसैको परिणाम स्वरुप क्लवले बिभिन्न स्थानमा भएको प्रतियोगितामा सफलता प्राप्त गरेको बताए ।

गण्डकी खेलकुद परिषदका बोर्ड सदस्य योगेन्द्र शेरचनले जिल्लाका स्थानीय अंग्रज युवा क्लबका खेलाडीहरुलाई सहायक अम्पायरको प्रशिक्षणको तालिम हुने भएकाले त्यसमा सहभागी हुन अनुरोध गरे । उनले मुस्ताङमा कुनै क्लबहरु बोर्डमा आवद्ध हुन चाहेमा त्यसबाट आफुले सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने जानकारी दिए । यस्तै ,थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचनले क्लबले दोश्रो संस्करणमा आएर यतिठुलो प्रतियोगिता सुरु गरिनु गौरवको बिषय भएको बताए ।उनले खेलकुद प्रतिष्ठा र स्वास्थ्यका लागि खेलिने खेल भएकाले खेलाडीहरु अनुशासित र मर्यादित भएर प्रस्तुत हुन आग्रह गरे ।
लोवर दोश्रो पुरुष÷महिला भलिबल तथा आर्चरी प्रतियोगिता उद्घाटनका क्रममा सामाजिक अभियान्ता विकल शेरचनले युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशबाट प्राप्त खेलकुद सामाग्री क्लबलाई हस्तान्तरण गरे ।आईतबार देखि कोवाङमा सुरु भएको खेलकुद प्रतियोगिता एक सातासम्म जारी रहने जनाईएको छ ।थासाङ र घरपझोङ गाउपालिकाका गरी पुरुष भलिबल तर्फ १२ टिम र महिला भलिबल तर्फ ८ टिमले समावेश छन् । यस्तै ,परम्परागत तारा खेल ( आर्चरी )प्रतियोगिता तर्फ १० समुहको सहभागीता रहने क्लबले जनाएको छ । क्लबका सचिव सोजन हिराचनका अनुसार पुरुष भलिबल तर्फको च्याम्पियनले नगद ७५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपबिजेता टिमले नगद ४५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् ।

महिला भलिबलतर्फको च्याम्पियनले नगद ३५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपबिजेता टिमले नगद २५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् । परम्परागत तारो हान्ने ¬( आर्चरी तर्फको च्याम्पियनले नगद ४५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद २० हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् ।क्लबका अनुसार यसै वर्षदेखि ज्येष्ठ नागरिक नागरिक भलिबल प्रतियोगिता संञ्चालन हुनेछ ।

Advertisement

ज्येष्ठ नागरिक भलिबलतर्फको च्याम्पियनले नगद २५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद १५ हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् ।
मुस्ताङको थाकसातसय क्षेत्रको कोवाङमा धौलागिरि युवा क्लबले आयोजना गर्ने प्रतियोगिता संञ्चालनको लागि मुस्ताङका प्रवासी नेपालीहरु तथा स्वदेशमा बस्ने मुस्ताङीहरुले आर्थिक सहयोग उपलब्ध गराएको क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगिताका लागि करिव १० लाख बढी सहयोग प्राप्त भईसकेको बताएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया