मेगा बैंकको सहुलियतपूर्ण कर्जा

पोखरा ।
मेगा बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने महिला उद्यमी संघ कास्कीसँग बैंकले सम्झौता गरेको हो ।
सोमबार भएको कार्यक्रममा सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन् । बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज, अनुदान कर्जा प्रदान गर्ने सहमति भएको छ ।
खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा उपलब्ध गराउने बताएकी छन् । ‘महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जा, मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा दिन्छैं,’ उनले भनिन् ।
संघकी अध्यक्ष रेग्मीले बैंकले कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् । मेगा बैंकले कर्जाका साथ साथै महिला उद्यमीहरुलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आईरहेको छ ।







एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया