मेनोपज सोसाईटीद्धारा चराङमा निःशुल्क स्वास्थ्य शिविर

त्रिभुवन शिक्षण अस्पतालमा स्त्री रोग विभागकी प्राध्यापक एवं मेनोपद सोसाईटी अफ नेपालकी अध्यक्ष डा. केसाङ डिकी बिष्टको उपस्थितीमा निःशुल्क महिला सम्वन्धि स्वास्थ्य शिविर

सुन्दरकुमार थकाली २०७८ कार्तिक १८ गते १८:१३
फोटो क्याप्सन ः मेनोपद सोसाईटी अफ नेपालले उपल्लो मुस्ताङको चराङमा आयोजना गरेको स्वास्थ्य शिविर ः तस्विर ःछेवाङ गुरुङ ।

जोमसोम—मेनोपज सोसाईटी अफ नेपाल ( मेसन)को सहयोगमा उपल्लो मुस्ताङको चराङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । त्रिभुवन शिक्षण अस्पतालमा स्त्री रोग विभागकी प्राध्यापक एवं मेनोपद सोसाईटी अफ नेपालकी अध्यक्ष डा. केसाङ डिकी बिष्टको उपस्थितीमा निःशुल्क महिला सम्वन्धि स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाले जनाएको छ ।
स्त्री रोग सम्वन्धि स्वास्थ्य शिविर अन्तर्गत महिलाहरुलाई देखिने विभिन्न स्वास्थ्य सम्वन्धि डा. केसाङ डिकी बिष्ट लगायतको टोलीले स्वास्थ्य परिक्षण गरिनुको साथै आवश्यक परामर्श दिएको लो ग्याल्पो जिग्मे फाउन्डेसनका सदस्य सचिव छेवाङ बिष्टले जानकारी दिए । चराङमा सोमबार र मंगलबार भएको स्वास्थ्य शिविरका लागि मेनोपज सोसाईटी अफ नेपाल संस्थाले स्थानीय तहको अनुमती लिएको थियो ।स्वास्थ्य शिविरलाई चराङ महिला समुहकी अध्यक्ष माया बिष्टसहितको टोली,लो ग्याल्पो जिग्मे फाउन्डेसनका सदस्य सचिव छेवाङ बिष्टसहितको टोलीले शिविर व्यवस्थापनाम सहयोग पू¥याएका थिए । यस्तै, लो ग्याल्पो जिग्मे फाउन्डेसकी एचए कर्चुङ गुरुङ तथा चराङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

Advertisement


मेनोपज सोसाईटी अफ नेपालको आर्थिक सहयोगमा संञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा उपल्लो मुस्ताङका ८२ जना महिला लाभान्वित भएका छन् ।उनीहरुको महिलाहरुमा देखिने पाठेघर क्यान्सर संम्वन्धि समस्याको भिआईए परिक्षण गरिएको छ ।महिलाहरुको यौनाङ्गमा सेतो पानी बग्ने समस्याका लागि गरिएको भिआईए परिक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ भने अन्य ४ जनामा सर्वाईकल पोजेटिभ देखिएको छ ।तर परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरुको अवस्था भने सामान्य रहेको त्रिभुवन शिक्षण अस्पतालमा स्त्री रोग विभागकी प्राध्यापक एवं मेनोपज सोसाईटी अफ नेपालकी अध्यक्ष डा. केसाङ डिकी बिष्टले जानकारी दिईन् ।उनका अनुसार महिला सम्वन्धि केही गम्भिर प्रकृतीका बिरामीलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन सुझाव दिईएको छ ।


संस्थाले गरेको निःशुल्क शिविरमा १८ वर्षदेखि ७५ वर्ष उमेर समुहका महिलाहरुको उल्लेख्य सहभागी रहेको थियो । यस्तै, दुई जना महिला भने ७० बर्ष भन्दा माथि उमेरको रहेको जनाइंएको छ ।शिविरमा आउने कही महिलाहरुको घुडा , ढाड ,उक्त रत्तचाप र सुगर रोगको समस्या देखिएको पाईएको थियो । स्वास्थ्य शिविरमा आउने बिरामीका लागि तेन्जिङ उक्याप र उनको परिवारको सौजन्यमा निःशुल्क औषधि बितरण गरिएको थियो

घरदैलौमै स्वास्थ्य शिविर संञ्चालन भएपछि उपल्लो मुस्ताङका महिलाहरु उत्साहित भएका छन् । उनीहरुले सुगमको अस्पतालमा गएर उपचार र स्वास्थ्य परिक्षण गर्दा खर्चिलो र सास्ती हुने गरेमा घरदैलोमै उपलब्ध सेवाले आफुहरुलाई निकैनै राहत पू¥याएको उल्लेख गरे ।


Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया