खेलकुद समाचार

मुस्ताङमा मोफसलको ठुलो प्रतियोगिता ः निर्मल स्पोर्टिङ र अमित बिल्डर्स भलिबल च्याम्पियन

माईनस डिग्री तापक्रममा खेलकुदको रौनक

सुन्दरकुमार थकाली २०७८ कार्तिक १९ गते १७:५५
माईनस डिग्री तापक्रममा खेलकुदको रौनक ः तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम— बडा दशै तथा शुभ दीपावली २०७८ को अवसरमा धौलागिरि युवा क्लब कोवाङले आयोजना गरेको दोश्रो खुल्ला पुरुष ÷महिला तथा प्रौढ भलिबल प्रतियोगिता शुक्रबार सकिएको छ । मुस्ताङको तल्लो क्षेत्र र जिल्ला बाहिरका खेलाडीहरुको उपस्थिती रहेको प्रतियोगिताको पुरुष भलिबलतर्फ १२ टिम ,महिला तर्फ ७ टिम र प्रौढ भलिबल तर्फ १० टिमको सहभागी रहेको थियो ।
लगातार ५ दिनसम्म जारी रहेको प्रतियोगिताको भलिबल तर्फ निर्मल स्पोर्टिङ क्लव लेते च्यापियन बनेको छ भने महिला भलिबल तर्फको च्याम्पियन अमित बिल्डर्स बनेको छ । यस्तै,प्रतियोगिताको प्रौढ भलिबल तर्फ म्याग्दीको रुप्से संगम युवा क्लब च्याम्पियन बनेको छ ।प्रतियोगिताको पुरुष भलिबल तर्फ निर्मल स्पोर्टिङ क्लबले मिलिजुली युवा क्लब मार्फालाई ,महिला भलिबल तर्फ अमित बिल्डर्सले निलगिरि युवा क्लब टुकुचेलाई सोझो ३ सेटमा पराजित गरेको हो । यस्तै,प्रौढ तर्फको फाईनलमा म्याग्दीको रुप्से संगम युवा क्लबले अन्नपूर्ण युवा क्लब ताक्लुङलाई सोझो ३ सेटमा पराजित गरेको हो ।

Advertisement


दोश्रो खुल्ला भलिबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फ च्याम्पियन बनेको निर्मल स्पोटिङ युवा क्लब लेतेले नगद ७५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पाएका छन् भने उपबिजेता मिलिजुली युवा क्लब मार्फाले नगद ४५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिला भलिबलतर्फको च्याम्यिन अमित बिल्डर्सले नगद ३५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता निलगिरि युवा क्लब टुकुचेले नगद २० हजार सहित शिल्ड ,मेडल र प्रमाण पत्र पाएको छ । यस्तै,प्रोढ भलिबलको च्याम्पियनले नगद २५ हजार उपबिजेताले नगद १५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको पुरुष भलिबलतर्फ सर्वोउत्कृष्ठ खेलाडी धौलागिरि युवा क्लब कोवाङका अजित गौचन घोषित भए भने महिलातर्फको सर्वोउत्कृष्ठ खेलाडी निलगिरि युवा क्लव टुकुचेकी सृष्टि थकाली घोषित भईन् । प्रौढ तर्फको सर्वोउत्कृष खेलाडी म्याग्दी रुप्से संगम युवा क्लबका भिम पुन घोषित भएका छन् । उनीहरुले सबैले जनही ३÷३ हजारसहित मेडल र प्रमाणपत्र पाए ।प्रौढ तर्फको सर्वोउत्कृष्ठ खेलाडीले भने नगद १५ सय रुपैया पाएका छन् । पुरस्कृत प्रतियोगीहरुलाई धौलागिरि युवाक्लब कोवाङका संस्थापक उपाध्यक्ष कृष्णकुमार शेरचन ,क्लबका अध्यक्ष मनप्रसाद गौचन र थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचन लगायतले नगद तथा शिल्ड,मेडल र प्रमाणपत्रले सम्मान गरेका छन् ।


‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिता संञ्चालनका लागि स्वदेश तथा विदेशमा बसोबास गर्ने मुस्ताङीले आर्थिक सहयोग उपलब्ध गराएका थिए । सो अवसरमा क्लबले आर्थिक सहयोग गर्ने ब्यक्ति र उनीहरुका आफन्तलाई प्रमाणपत्रसहित सम्मान ग¥यो । प्रतियोगिता समापनपछि बोल्दै क्लबका अध्यक्ष मनप्रसाद गौचनले मुस्ताङको सुन्दर वातावरणमा चिसोलाई वेवास्ता गर्दै यतिठुलो प्रतियोगिता गर्न सफल भएको बताए । उनले मुस्ताङको आन्तरिक खेलकुदको प्रर्वद्धन र विकासका लागि जिल्ला भित्र र बाहिरका खेलाडीहरुको सहभागीमा प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष गौचनले मुस्ताङमा मोफसलमा आयोजना गरिएको प्रतियोगिता सफल गर्न आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।


मुस्ताङमा कोरोना माहामारीपछिको पहिलो खेलकुद प्रतियोगिता धौलागिरि युवाक्लबले आयोजना गरेको हो । कोरोना भाईरस न्युनिकरण हुदै गईरहेको र जिल्लामा लगाईएको निषेधाज्ञा खुकुलो भएसंगै ३ वर्षको अन्तरालमा धौलागिरि युवाक्लबले खेल प्रतियोगिता गर्न सफल भएको थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचनले उल्लेख गरे । उनले मुस्ताङमा मोफसलको ठुलो प्रतियोगिता थाक खेलकुद आयोजना हुन नसकेको अवस्थामा क्लबले ५ दिन लगाएर खेल प्रतियोगिता गर्न सफल भएको बताए । उनले शारिरीक स्वास्थ्यको मात्र नभई खेलसंग राष्ट्रियता जोडिने भएकाले यसप्रकारको प्रतियोगिता निरन्तर हुदै गएमा मुस्ताङको पहिचान खेलक्षेत्रले पनि पस्कने सक्ने विश्वाश ब्यक्त गरे ।
बर्सेनि मुस्ताङको थासाङ—२ धौलागिरि युवा क्लबले मोफसलमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दैआईरहेको छ । कोरोनाले रोकिएको प्रतियोगिता यसपटक सम्पन्न भएको हो ।प्रतियोगिताको दौरानमा क्लब साझको समयमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरेको क्लबले जनाएको छ ।विगत दुई संस्करणको अनुभवलाई उपयोग गर्दै आगामी दिन यो भन्दा अझ स्तरीय प्रतियोगिता आयोजना गर्ने क्लबले उद्देश्य राखेको छ ।


हिउँदयाम सुरु भएसंगै हिमाली जिल्ला मुस्ताङमा चिसो ह्वात्तै बढेको छ ।चिसो बढेसंगै मुस्ताङका स्थानीय नागरिक भने जाडो छल्न बेसी झर्ने तयारीमा छन् ।मुस्ताङमा केहीदिन देखि चिसो बढेपनि यहाको आन्तरिक खेलकुद भने गर्मिएको छ ।जिल्ला भित्रका तथा जिल्ला बाहिरका खेलाडी चिसो मौसमको परवाह नगरी मुस्ताङको थासाङ गापा—२ कोवाङमा खेल्न खेल्न आईरिएका थिए ।
निलगिरि र धौलागिरि हिमालको काखैमा अवस्थित थासाङको मनमोहक गाउ कोवाङमा गत आईतबार देखि खेलकुद महोत्सव सुरु भएको थियो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया