ट्रक र बस ठाेक्किदा २ काे मृत्यु, १६ घाइते

राष्ट्रिय समाचार समिति (रासस) २०७८ कार्तिक २४ गते ८:१९

मकवानपुर ।

Advertisement

मकवानपुरकाे नवलपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारीदिनुभयो । उहाँले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया